Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

कांग्रेस अछामको जिल्ला अधिबेशनमा त्रीपक्षिय प्रतिस्पर्धा

  • कैलाली दर्पण
  • शुक्रबार, फाल्गुन २०, २०७८
कांग्रेस अछामको जिल्ला अधिबेशनमा त्रीपक्षिय प्रतिस्पर्धा

 बौनिया/ नेपाली कांग्रेस अछामको जिल्ला अधिबेशनका उम्मेद्धारहरुको मनोनय प्रक्रिया सकिएको छ । निर्वाचन समितीले जिल्ला अधिबेशनबाट निर्वाचित हुने कार्यसमिती र महासमिती सदस्यहरुको अन्तिम नामावली प्रकाशन गरेको छ ।

७ औँ जिल्ला अधिबेशन अन्र्तगत सभापती पदका लागि ३ जनाको उम्मेद्धारी परेको छ । पूर्व पार्टी सभापती पुष्प बहादुर शाह, वर्तमान सभापती भरत कुमार स्वाँर र नेविसंघ अछामका पूर्व अध्यक्ष राजन कुवँरको सभापतीमा उम्मेद्धारी परेको हो । सभापतीका उम्मेद्धार शाह क्षेत्र नंम्बर २ बाट एक्लो उम्मेद्धार हुनुहुन्छ भने क्षेत्र नंम्बर १ बाट स्वाँर र कुवँरले उम्मेद्धारी दर्ता गराउनु भएको छ।

उपसभापतीमा आवश्यक २ पदका लागि ५ जनाको उम्मेद्धारी परेको छ । जसमा चन्द्र प्रसाद ढुंगाना, टेक बहादुर साँउद, धनबहादुर शाह, नयाँराम बजगाई र ललित बहादुर कुवँरले उम्मेद्धारी दर्ता गराएका छन् । उपसभापतीमा ढुंगाना र बजगाँई क्षेत्र नंम्बर २ बाट हुनुहुन्छ भने क्षेत्र नंम्बर १ बाट साँउद, शाह र कुवँरको उम्मेद्धारी कायम भएको छ ।

 

जिल्ला सचिव २ जनाको लागि ६ जनाको उम्मेद्धारी परेको छ । अनिल कुमार बिष्ट, टक्कर बहादुर शाह, नरेन्द्र बहादुर कुवँर, पुष्प बहादुर बिष्ट, प्रकाश बहादुर साँउद र सुरत बहादुर बुढथापाको उम्मेद्धारी परेको छ । सचिवमा दुबै क्षेत्रबाट ३।३ जनाको उम्मेद्धारी कायम भएको छ । यस्तै सहसचिव २ जनको लागि ५ जनाको उम्मेद्धारी परेको छ ।

खगेन्द्र बहादुर खड्का, गोबिन्द बहादुर बिष्ट, दिनेश कुमार स्वाँर, ललित बहादुर साँउद र हिक्मत बहादुर धामीको उम्मेद्धारी कायम रहेको छ । जिल्ला कार्य समिती सदस्य खस आर्य ६ पुरुष तर्फ जनाको लागि २१ जनको उम्मेद्धारी परेको छ । खस आर्य महिला सदस्यमा ५ जनामा ५ जनाको मात्रै उम्मेद्धारी परेकाले उनिहरु सबै निरबिरोध निर्वाृचित भएका छन् । दलित सदस्य पुरुष तर्फ ६ र महिला तर्फ २ जनाले उम्मेद्धारी दिएका छन् ।

भुगोल तर्फ मंगलसेन नगरपालिकामा ६ जना, साँफेबगरबाट ४ जना, चौरपाटीबाट २ जना, मेल्लेख बाट २ जना, बान्नीगढी जयगढबाट ४ जना, रामारोशनबाट ५ जना, कमलबजारबाट ५ जना, पञ्चदेवल बिनायक बाट ६ जना, तुर्माखाँदबाट ४ जना र ढकारीबाट ३ जनाको उम्मेद्धारी परेको छ

सम्बन्धित समाचार
ताजा अपडेट