बौनिया/ नेपाली काँग्रेस कैलालीको सभापतिको मतगणना सकिएसंगै अन्य पदाधिकारीको गणना सुरू भएको छ। आज बिहानदेखि मतगणना सुरू भएकोमा अहिलेसम्म छ सय गणना भएको छ।
उपसभापतिमा भीम बडुवालले ,३५० , खेम चौधरीले २२० रामप्रसाद चौधरीले १७० , लोकराज पाण्डेले ८४, तेजशंकर भट्टले १११, धर्मराज न्यौपनेले ५४ र यज्ञनिधि कोइरालाले ४१ मत पाएका छन्।
त्यस्तै सचिवमा नृपबहादुर सुनारले३४४, केशव मिश्रले २३६, अमृत बिसीले ,१४५ देवानन्द जैशीले १३७, नवराज जोशीले ५३ र थर्क शाहले ८२ मत पाएका छन्।
सहसचिवमा कलेसु चौधरीले २४०, राजसमज रानाले १८९, कृष्णराज पाण्डेले २०७ , तिर्थराज जोशीले ११६, रविन्द्रप्रताप सिंहले ५५, राजेन्द्र खड्काले ११९ र लोकेन्द्र ऐरले ९० मत पाएका छन्।
बिहीबार सकिएको मतगणनाअनुसार जिल्ला सभापतिमा नारायणदत्त भट्ट विजयी भइसकेका छन्।
