बौनिया /नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणाको कुनै अर्थ नभएको बताएका छन । प्रेस चौतारी कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन । कुनै पनि विषयमा संशोधन नहुने गरी हुबहु पारित गरेकोले उक्त घोषणाको अर्थ नभएको उनको भनाई थियो । जे छ त्यही कुरा स्पष्ट पारिएको हो संशोधन गरिएको होइन । संविधान र कानूनले व्याख्यालाई कानुनी हैसियत प्रदान नगरेको उनले बताए ।
यस्तै उनले सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोप लगाएका छन । सभामुख सापकोटाले नैतिक रुपमा राजिनामा दिनुपर्ने थियो तर उनी अझै सम्म पदको लाभ लिईरहेका छन, उनले भने ।
सरकारको बिजनेस सभामुखले रोक्न नमिल्ने एमालेको अडान थियो । एमालेको उक्त अडान पनि पुरा नभएको उनको दावी छ । साथै एमालेका नेता डा.भिम रावल पार्टीको सिद्धान्त विपरीत काम गरीरहेको उनले आरोप लगाए ।