Kailali Darpan बुधबार, कार्तिक १२, २०८३
  • Trending :

बालबाटिका क्रिकेट लिग-३ सुरु, गुरुकुल एकेडेमिको बिजयी सुरुवात

  • कैलाली दर्पण
  • मङ्लबार, फाल्गुन १७, २०७८
बालबाटिका क्रिकेट लिग-३ सुरु, गुरुकुल एकेडेमिको बिजयी सुरुवात

पदम ओझा बौनिया /   बर्दगोरियामा विद्यालय स्तरको यू–१९ क्रिकेट प्रतियोगिता, बालबाटिका क्रिकेट लिग–३ मंगलबारदेखि सुरु भएको छ । बालबाटिका बिद्या मन्दिरको आयोजनामा सञ्चालन भएको प्रतियोगिता अन्तरगत उद्घाटन खेलमा कैलालीको गुरुकुल एकेडेमी विजयी भएको छ ।

कर्णाली मा बि स्कुललाई ४ विकेटले पराजित गर्दै गुरुकुल एकाडेमी विजयी भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली मा बि टिकापुरले निर्धारित २० ओभर मध्य १९.३ ओभरमा अल आउट हुँदै १ सय २ रन बनाउन सक्यो । कर्णालीका लागि अशोक रावलले ३२ बलमा ६ चौकाको मद्दतले ३६ रनको योगदान गरे ।

यसै गरि रोशन भुलले २० बलमा २ चौका र १ छक्काको मद्धतमा २३ रनको योगदान गरे । कर्णाली मा वि लाई १ सय २ रनमा रोक्ने क्रममा गुरुकुलका कप्तान संगम बिस्टले ४ ओभरमा १७ रन खर्चेर ५ बिकेट लिए ।

यसै गरि सुनिल भण्डारी र हिक्मत खत्रीले समान २/२ बिकेट लिए । १ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा गुरुकुल एकडेमिले निर्धारित २० ओभर मध्य १४.२ ओभर खेल्दै ६ विकेट गुमाउदै ४ विकेट जित निकालेको हो । गुरुकुलका लागि सुनिल भण्डारीले ब्याटिङमा ३६ र कप्तान संगम बिस्टले २० रन बनाए । खेलको प्लेयर अफ द म्याच संगम बिस्ट घोषित भए । प्रतियोगिता अन्तर्गत बुधबार दुई खेल हुनेछन् ।

पहिलो खेलमा आयोजक स्कुल बालबाटिका र संत निरंकारी टिकापुर एकेडेमीबीच हुनेछ, भने दोस्रो खेल गणेशबाबा स्कुल र होलिल्याण्ड बीच हुने छ ।

सम्बन्धित समाचार
ताजा अपडेट