बौनिया / नेपाली कांग्रेस कैलाली क्षेत्र नं २ को महासमिति सदस्य पदका निर्वाचनको मतगणना सम्पन्न भएको छ।
पुर्व महासमिति सदस्य कमल बहादुर शाह -३ सय ८७ सर्वाधिक मत प्राप्त गरि निर्वाचित हुनु भएको छ। पुर्व आमन्त्रित केन्द्रीय सदस्य मोहन सिह राठौरले २ सय ९७ मत प्राप्त गरि निर्वाचित हुनु भएको छ। पुर्व महासमिति सदस्य अरुण कुमार चौधरी २ सय ६९ मत पुर्व क्षेत्रीय सभापति भक्त बहादुर थापा २ सय १८ मत पुर्व महासमिति सदस्य हेम बहादुर रावलले १ सय ९० मत र महिला तर्फ रितु मुडभरीले १ सय ६१ मत प्राप्त गरि निर्वाचित हुनु भएको छ
। खस आर्य महिला तर्फ सुमन सन्ज्याल र पुरुष तर्फ बिजय स्वार ,दलित तर्फ रंग बहादुर सुनार ,जनजाति महिला र पुरुष तर्फ टीका चौधरी ,वीर बहादुर चौधरी निरबिरोध निर्वाचित हुनु भएकोछ।