बौनिया / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रवक्ता ज्ञानेन्द्र शाही लगाएतको कैलालीको घोडाघोडीमा उपस्तिथि रहेको छ।
रास्टिय प्रजातन्त्र पार्टीका प्रबक्ता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारी र अपराधीहरुले चुनाव जितेका कारण देशको बिकास हुन नसकेको बताउनु भएको छ। आज सुखडमा आयोजना गरिएको राप्रपाको खुला आम सभालाइ सम्बोधन गर्दै प्रबक्ता शाहिले राप्रपा रास्ट्रबादी पार्टी भएकोले अब मुलुकको परिवर्तन गर्ने जिम्मा जनताको हातमा रहेको बताउनुभयो ।

रास्ट्रबादी जनता अब राप्रपामा आवद्ध हुन आग्रह गर्नु भएको छ। भ्रष्टाचारी र दास प्रबिधिका कार्यकर्ताले मात्र माओवादीकेन्द्र र नेपालीकाङ्ग्रेस रहने छन् । राप्रपाको सुशासन बिभाग मार्फत भ्रष्टाचार विरुद्धको अभियान देश ब्यापिरुपमा चलाइ देशमा सुशासन कायम गराउने मुख्य उदेश्य सहित आफू स्वाधीन र रास्ट्रबादी पार्टी राप्रपा आवद्ध भएको प्रबक्ता शाहिले खुलस्त पार्नु भएको छ। संघीयता महँगो भएको नेपालले धान्न नसक्ने भएकोले प्रदेशको संरचना खारेजी गर्नुपर्ने बताउनुभयो ।
भिख मागेर देश नबन्ने भन्दै अब स्वाभिमान नेपालीले राप्रपा लाई समर्थन गरि गधार र भ्रष्टाचारीलाई पाखा लगाउनु पर्ने ब्यक्ती स्वाभिमान बनी देशमा निर्माण गर्नुपर्नेमा जोड दिनु भएको छ।
