बौनियाँ/ आज हुन लागेको नेपाली काँग्रेस कैलालीको जिल्ला १४ औं अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि तीन वटा प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । नेतृत्व चयनका लागि आइतबार विहान ८ बजेदेखि मतदान हुने भनिएको मतदान अहिले सम्म पनि शुरु भएको छैन् । मतदान स्थल हिजो बेलुकी सारीएपछी विरोध भएको छ ।
काँग्रेस जिल्ला कार्य समितिले ओम प्यालेसमा मतदान स्थल बनाउने निर्णय गरेकोमा हिजो बेलुकी निर्वाचन समितिले कर्भड हलमा सारेको हो। प्रदेश महामन्त्री नरनारायण शाहले मतदानस्थल सारिएको भन्दै आपत्ति जनाएका छन्।
निर्वाचन समितिका अनुसार जिल्ला सभापतिमा अहिलेसम्म तीन जनाको उम्मेदवारी परेको छ । संस्थापन पक्षका नारायणदत्त भट्ट र प्रकाशबहादुर बम तथा संस्थापन इतर पक्षबाट रामबहादुर कलेलको उम्मेदवारी परेको हो ।
यस्तै जिल्ला सभापतिमा दाबी गर्दै आएका नेता भीम बडुवाल भने पछि हटेका छन् । उनले संस्थापन पक्षबाट सभापतिका उम्मेदवार नारायणदत्त भट्टको प्यानलबाट उपसभापतिमा उम्मदेवारी दिएका हुन् ।
उनको प्यानलाट उप–सभापतिमा रामप्रशाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी, सहसचिवमा रामसमझ राना र कलेसु चौधरीले उम्मेदवारी दिएका छन् । त्यसैगरी सभापति प्रकाश बमको प्यानलबाट उप–सभापतीमा खेमराज चौधरी र तेज शंकर भट्ट, सचिवमा खडक शाह रहेका छन् ।