बोैनियाँ/ नेपाली काँग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि आईतबार हुने निर्वाचनमा त्रिपक्षिय प्रतिस्पर्धा हुने भएको छ। संस्थापन पक्षबाट दुई र इतर अर्थात शेखर काेईराला पक्षबाट एक प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन ।
जिल्ला अधिवेशअन्तर्गत आज गरिएकाे मनोनयन दर्तामा जिल्ला सभापतिमा तीन जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। संस्थापन पक्षका नारायणदत्त भट्ट र प्रकाशबहादुर बम तथा इतर पक्षबाट रामबहादुर कलेलको उम्मेदवारी परेको हो।
यस्तै संस्थापन पक्षबाटै जिल्ला सभापतिमा दाबी गर्दै आएका नेता भीम बडुवाल भने संस्थापन पक्षबाट सभापतिका उम्मेदवार नारायणदत्त भट्टको प्यानलबाट उपसभापतिमा उम्मदेवारी दिएका छन । उनको प्यानलाट उपसभापतिमा रामप्रशाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी, सहसचिवमा रामसमझ राना र कलेसु चौधरीले उम्मेदवारी दिएका छन्। यस्तै बम प्यानलबाट उपसभापतिमा खेमराज चौधरी र तेजशंकर भट्ट, सचिवमा नृप सुनार, थर्क शाह, सहसचिवमा कृष्ण पाण्डेय र राजेन्द्र खड्काको उम्मेदवारी परेको छ।