बौनिया / कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर ६ तिल्खामा रहेको लाली गुराँस ग्रामीण बिधुत सहकारी सस्थाको ५ औं चुनावी साधारण सभा बाट निर्वाचन नयाँ कार्यसमितिको गोपनियताको सपथ सहित पद स्थापना गरिको छ।
कार्यक्रममा प्रमुख अतिथी कार्यवाहक वडा अध्यक्ष प्रबल रोकाय,नेकपा एमालेका वडा कमिटी अध्यक्ष पदम खडका,नेपाली काङ्ग्रेसका प्रतिनिधि टंकराज जोशी,सहकारीका पुर्व अध्यक्ष महेन्द्र खत्री,अध्यक्ष पदका प्रत्यासी उम्मेदवार भरत बिक लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो।निर्वाचन समितिका संयोजक जुगराम चौधरीको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो। नेतृत्व चयनमा सहमति नजुटे पछि यहि फाल्गुन ११ गते भएको निर्वाचन मा नेकपा माओवादकेन्द्र र नेकपा एकीकृत समाजबादीको गठबन्दनका उम्मेदवार भरत बिकको टिमलाइ पराजित गर्दै नेपाली काङ्ग्रेस र नेकपा एमालेको गठबन्धन बाट अध्यक्षमा टेटराज चौधरी सहित पुरै टिम निर्वाचित भएको थियो।
