निर्मला शाही बौनिया / लम्किचुहा नगरपालिका ८ नम्बर वडा कार्यलयको आयोजना कृषक समूह कृषि तथा ब्यक्तिगत कृषक फर्महरुलाइ बेमौसमी तरकारी खेतिको १ दिने वरेन्टेस तालिम सहित बेमौसमी तरकारीको बीउ बितरण तालिम सम्पन्र भएको छ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै आफू निरन्तर वडाको चौतर्फी बिकासका निम्ति लागिरहेको वडा नम्बर ८ का वडा अध्यक्ष तथा नेकपा एकीकृत समाजबादिका प्रदेश कमिटी सदस्य पुर्ण बहादुर बिस्ट्ले बताउनुभएको छ।
साथै वडा अध्यक्ष बिस्ट्ले सिकेको सिपलाइ सहि सदुपयोग गरि तालिम पछि सहभागीहरुले कृषि क्षेत्रमा आत्मनिर्भर बन्न आग्रह गर्नु भएको छ। तालिमको सहजीकरण लम्किचुहा नगरपालिका कृषि बिकास शाखा प्राबिधिक सुरेश ढुंगानाले गर्नु भएको थियो। कार्यक्रममा ३५ वटा समुहका सहभागी कृषकलाई निशुल्क बीउ बितरण गरिएकोछ।
वडा सदस्य जय प्रशाद देवकोटाले स्वागत मनतब्य गर्नु भएकार्यक्रमको संचालन वडा सचीव दिपक राज देवकोटाले गर्नु भएको थियो।