बौनिया /नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) नेपालका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल धनगढी पुगेका छन । उनले धनगढीमा आयोजित कार्यक्रममा बोल्दै आफ्नो पार्टी सरकारबाट बाहिरिने खुलासा गरेका छन ।
नेपालले एमसीसी पास गर्नेगरी सत्तामा बस्न नसकिने जिकिर गरे। अध्यक्ष नेपालले एमसीसीका कारण गठबन्धनमा समस्या उत्पन्न भएको र यो गठबन्धन रहने नसक्ने बताए। एमसीसी नेपालको हितमा नभएकाले आफ्नो पार्टी केही बुँदा सच्याउनुपर्ने पक्षमा रहेको नेपालले बताए।
नेपालले एमाले अध्यक्ष केपी ओलीले नै विभिन्न स्वार्थका लागी एमसीसी संसदमा पेस गरेको आरोप लगाए। एमसीसीलाई सम्झौता र संसदमा लैजाने काम केपी ओली नेतृत्वको सरकारले नै गरेका कारण उनीहरूले देशलाई संकटमा लैजाने काम गरेको नेपालको भनाइ छ। देशभक्तिका नारा लाउँदै केपी ओली नै राष्ट्रघाती काममा सहभागी भएको र अहिले पनि एमसीसी पास गराउनमा अघि बढेको उनले बताए।