Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

कैलालीमा राप्रपाको आमसभा लाई अध्यक्ष लिङ्देनले सम्बोधन गर्ने

  • कैलाली दर्पण
  • बुधबार, फाल्गुन ११, २०७८
कैलालीमा राप्रपाको आमसभा लाई अध्यक्ष लिङ्देनले सम्बोधन गर्ने

बाैनिया/ राष्ट्रिय  प्रजातन्त्र पार्टी राप्रपाको यही फाल्गुन १६ गते कैलालीको घोडाघोडीमा खुला आमसभा कार्यक्रम हुने भएको छ । कार्यक्रमलाइ सम्बोधन गर्न पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आउने भएका छन् ।

जिल्लाको घोडाघोडी नगरपालिका–१, सुखडमा फागुन १६ गते राप्रपा जिल्ला कार्यसमितिको मूल समिति र घोडाघोडी नगर कार्य समितिको उप समितिले गर्न लागेको आमसभा कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देन आउने बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गरेको हो ।

खुला आमसभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष लिङ्देन सहित पार्टीका केन्द्रिय तहका शीर्ष नेताहरुलाई पनि आमन्त्रणा गरिएको जानकारी दिएका हुन । साथै भर्खरै पार्टी प्रवेश गरेका ज्ञानेन्द्र शाही पनि आउने भएका छन् ।

पछिल्लो समय आसन चुनाव लक्षित कार्यक्रम विभिन्न पार्टीले गर्दै आइरहेकाले पनि राप्रपाले आयोजना गर्न लागिरहेको आमसभालाई समेत चुनाव लक्षित तवरले हेरिएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट