Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बालबाटिका क्रिकेट लिग सिजन ३ को तयारी तिब्र

  • कैलाली दर्पण
  • बुधबार, फाल्गुन ११, २०७८
बालबाटिका क्रिकेट लिग सिजन ३ को तयारी तिब्र

बौनिया / आगामी फागुन १७ गते देखि हुने बालबाटिका क्रिकेट लिग सिजन ३ को तयारी तिब्र पारिएको छ । तेस्रो संस्करणको बालबाटिका क्रिकेट लिगको तयारी तिब्र पारिएको बाल बाटिका क्रिकेट लिगका संयोजक प्रमोद मल्लले जानकारी दिए । उनले भने प्रतियोगिता आउन अब एक हप्ता मात्र बाकी रहदा मैदान ब्यवस्थापनको कार्यलाई तिव्रता पारिएको बताए । यस पटक बालबाटिका क्रिकेट लिगमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यु १९ खेल खेली सकेका ३ जना खेलाडीले समेत खेल्न पाउने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा टिमको पनि फिक्स भइ सकेको संयोजक मल्लले जानकारी दिए ।

यस पटक प्रतियोगितामा १२ टिमको सहभागिता रहने छ । आयोजकले तेस्रो लिगमा पुरस्कार राशीलाई बढाउदै प्रथम हुने टिमलाई १ लाख ५१ ह्जारका साथै मेडल ट्रफी ,प्रमाणपत्र प्रदान गरिने छ भने द्दितिय हुने टिमले नगद ७५ ह्जार सहित ट्रफी ,मेडक र प्रमाणपत्र प्रदान गरिने छ । साथै प्रतियोगितामा सबै भन्दा उत्कृष्ट खेलाडीले नग १५ ह्जार पुरस्कार सहित अन्य पुरस्कार प्राप्त गर्दा अन्य बिद्याका खेलाडीले नगद १० ह्जार प्राप्त गर्ने छन ।

सम्बन्धित समाचार
ताजा अपडेट