निर्मला शाही बौनिया/ नेपाली काङ्ग्रेस बर्दगोरिया गाउँ कार्यसमिति संगठन बिस्तार र सुदृढीकरणमा जुटेको छ । स्थानीय निकायको निर्वाचन तोकिएसंगै काङ्ग्रेसले बर्दगोरिया गाउँपालिकामा आफ्नो संगठन बिस्तार र सुदृढीकरणको अभियानलाई तीब्र पारेको हो ।
यसैक्रममा सोमबार बर्दगोरिया वडा न १,उत्तरमुडा ३ नम्बर टाेल कार्यसमिति गठन गरिएको छ। सभापतीमा बिरेन्द्र प्पाकुरेल ,उपसभापति रुपा वली ,सचिव अाकाश चौधरी, सहसचिवमा नवीन अाेली ,काेषाध्यक्षमा भुवन बादी सहित १५ सदस्यीय रहेका छन्
वडा सभापति दिपेन्द्र कुमार बमकाे सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि क्षेत्र न २ प्रदेश ख, का उपसभापति प्रेमभत्त जाेशी बिशिस्ट अतिथि प्रदेश प्रतिनिधी लालमणी जाेशी,गाउँपालिकाका निबर्तमान सभापति गणेश शाही ,गाउँपालिकाका उपसभापति प्रमाेद मल्ल अतिथिहरुमा क्षेत्रीय प्रतिनिधी लाेकबहादुर बडुवाल क्षेत्रीय सदस्य रुपा बादी गाउँपालिका सहसचिव ठक्कर बम गाउँपालिका सदस्य गुलबदन चौधरी लगायतका उपस्थिति रहेका थियो भने
कार्यक्रमकाे संन्चालन धिरज शाहीले गर्नुभएको थियो ।