Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

कैलालीमा पहिलो पार्टी बनाउने उदेश्यले सभापतिमा उम्मेदवारी – बडुवाल

  • कैलाली दर्पण
  • आइतवार, फाल्गुन ८, २०७८
कैलालीमा पहिलो पार्टी बनाउने उदेश्यले सभापतिमा उम्मेदवारी – बडुवाल

लिलाजङ्ग शाही / नेपाली काङ्ग्रेसको आसन्न १४ औ जिल्ला अधिवेशनमा नेबिसंघ का पुर्व सह महामन्त्री प्रभावसाली युवा नेताले जिल्ला कार्यसमिति कैलालीको सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ। १२ औं जिल्ला अधिवेशनमा सभापति पद का उम्मेदवार नर नारायण शाह मनु को प्यानलबाट सचीव पदमा पराजित र १३ जिल्ला अधिवेशन सभापति पदमा शाह सङ्ग पराजित बडुवालले कैलालीमा पार्टीका अग्रज नेता ,युवा पुस्तालाई निराशाजनक अबस्था बाट मुक्त दिलाउन जनमुखी नीति तथा कार्यक्रम मार्फत ,जनताको जन प्रिय पार्टी का उम्मेदवार लाई आगामी तिनै तहका निर्वाचनमा बिजयी बनाइ नेपाली काङ्ग्रेस कैलालीमा पहिलो पार्टी बनाउने आफ्नो मुख्य उदेश्य रहेको बडुवाल को छ।
बडुवालको राजनीति पृष्ठभुमि ? कैलाली जिल्लाको दुर्गम पहाडी पहाडी क्षेत्र साबिक पौण्डन गाविस वडा नम्बर ३ हाल मोहन्याल गाउँपालिका वडा नम्बर ४ खिमडीमा वि.स. २०३५ कार्तिक ४ गते भीम बडूवालको जन्म भएको हो । उनीमा सानै उमेरदेखि राजनैतिक चेतना थियो । उनी बिपी कोइरालाबाट प्रभावित भएर विद्यार्थी कालदेखि नै नेविसंघको राजनीतिमा होमिएका थिए । प्रजातन्त्र र लोकतन्त्रका लागि भएका हरेक आन्दोलनमा उनी सहभागी भए ।

बडूवालको राजनीतिक यात्रा वि.स. २०४९ सालमा कैलालीको जिल्लाको रघुनाथ आदर्श माध्यमिक विद्यालय बौनिया बाट नेपाल विद्यार्थी सङ्घको सदस्य भएर सुरु भएको हो । जन्म भूमि पौण्डनमा भृकुटी प्राथमिक विद्यालय बाट प्रा.बि शिक्षा आर्जन गरी २०५० सालमा रघुनाथ आदर्श माध्यमिक विद्यालयमा भर्ना भई सोही वर्ष नेपाल विद्यार्थी सङ्घको इकाई सचिव बन्ने अवसर प्राप्त गरेका थिए ।

वि.स. २०५२ सालमा नेपाल विद्यार्थी सङ्घ कैलाली क्षेत्र नम्बर २ का क्षेत्रीय सभापतिमा निर्वाचित भएका थिए । वि.स. २०५५ सालमा नेपाल विद्यार्थी सङ्घ कैलालीको कोषाध्यक्ष भए । राजनीतिक यात्रा एक पछि अर्को उचाइमा पुर्‍याउने क्रममा बडूवाल २०५९ सालमा नेपाल विद्यार्थी सङ्घ कैलालीको जिल्ला सभापति बन्नु भएको थियो ।

विद्यार्थीहरूको हक हितमा आफ्नो बुलन्द आवाज मिसाउन माहिर प्रखर वक्ता बडूवाल सबै विद्यार्थी बिच निकै प्रिय र आस लाग्दा उदयमान युवा विद्यार्थी नेताको रुपमा चिनिन थालेका थिए । वि.स. २०५५ सालमा नेपाली काँग्रेस प्रजातान्त्रिक पाटीको प्रचार प्रसार समिति सदस्य भई बडूवाल सङ्कटकालीन अवस्थामा पनि आफ्नो ज्यान जोखिममा राखेर पाटीका लागी प्रचार प्रसारमा लागेका थिए ।

वि.स. २०६५ सालमा नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिका सह महामन्त्री हुनु भएका भीम बडूवाल यस क्षेत्रका हरेक समस्यालाई आत्मसाथ अधि बढ्ने आशा लाग्दा युवा नेता हुन् । विद्यार्थी काल देखी राजनीतिक यात्रामा निरन्तर लाग्नु भएका बडूवाल वि.स. २०६७ सालको १२ औँ महाधिवेशन प्रतिनिधि हुनु भएको थियो । वि.स. २०६२ र २०६८ मा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य भएका थिए । बडूवाल नेपाली काग्रेशको कैलाली जिल्ला सचिवमा २०६७ र जिल्ला सभापतिमा २०७२ मा पराजित भएका थिए ।

निकै लामो समय देखी समाजलाई बुझेर सामाजिक कार्यको निस्स्वार्थ रुपमा लागेका बडूवाल वि.स. २०६७ सालमा घोडाघोडी ग्रामीण विद्युत् सहकारी संस्थाको अध्यक्ष भएर साबिक साडेपानि, दरख, रामशिखरझाला, मसुरीया र उदासीपुरका करिब १० हजार घरधुरीलाई विद्युत्को पहुँचमा पुर्‍याई अँध्यारो मुक्त बस्ती बनाउन महत्त्वपूर्ण भूमिका उनले खेलेका छन् । समाज र राजनीतिक राम्रो सँग बुझ्नु भएका बडूवालले त्रिचन्द्र क्याम्पस काठमाडौँ बाट बिए,त्रिभुवन विश्वविद्यालय बाट राजनीति शास्त्रमा स्नातकोत्तर र नेपाल ल क्याम्पस बाट कानुनमा एल.एल.बि समेत गरेका छन् । वि.स. २०५५ देखी २०६४ साल सम्म बिभिन्न पत्रपत्रिकाहरुको सम्पादक काम गरेका प्रभावसाली युवानेता बडुवाल सभापति देउवा निकट हुन ।

सम्बन्धित समाचार
ताजा अपडेट