निर्मला शाही बौनिया/ नेपाली काङ्ग्रेस मोहन्याल गाउँ कार्यसमिति संगठन बिस्तार र सुदृढीकरणमा जुटेको छ । स्थानीय निकायको निर्वाचन तोकिएसंगै काङ्ग्रेसले मोहन्याल गाउँपालिकामा आफ्नो संगठन बिस्तार र सुदृढीकरणको अभियानलाई तीब्र पारेको हो ।
यसैक्रममा शनिबार मोहन्याल ३, सुगरखालमा टोल कार्यसमिति गठन गरिएको छ । जसको सभापतिमा धर्म राज जैसी, उप सभापति नमराज जैसी,सितल शाहि,सचिव महेन्द्र जैसी,गंगा राम सलामि मगर,सह सचिब बिष्णु जैसी, तुलाराम जैसी, कोषाध्यक्ष पबित्र गाहा मगर सहित १५ सदस्य रहेका छ्न ।
निर्प बहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अथितिका रूपमा क्षेत्रीय सदस्य अर्जुन जैसि, अथितिमा ३,नं. वडा अध्यक्ष नन्दराम गिरि( नवीन) सुरेन्द्र जैसी, खगेन्द्र शाही लगायतको उपस्थित रहेको थियो।
उक्त कार्यक्रमको संचालन एकेन्द्र जैसीले गरेका थिए ।सोही कार्यक्रममा माओवादी र एमाले पार्टी परित्याग गारी दर्जनौं कार्यकर्ताले नेपाली काङ्ग्रेसमाप्रवेशगरेका छन। 