Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

भजनीमा स्थानीय विकासमा पत्रकारीता क्षेत्रको भुमिका र सूचनाको हक सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न

  • कैलाली दर्पण
  • शुक्रबार, फाल्गुन ६, २०७८
भजनीमा स्थानीय विकासमा पत्रकारीता क्षेत्रको भुमिका र सूचनाको हक सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न

कैलालीको भजनीमा स्थानीय विकासमा पत्रकारीता क्षेत्रको भुमिका र सूचनाको हक सम्बन्धि अभिमुखिकरण ,तालिम शुक्रबार सम्पन्न भएको छ । भजनी नगरपालिकाको सहकार्यमा नेपाल पत्रकार महासंघ कैलालीको संयोजनमा बिहिवारदेखि तालिम संचालन भएको थियो ।

तालिममा सुचानको हकमसम्बन्धी कानुन र यसको प्रयोगको अबस्था, सेवा प्रदायक निकायले सुचना अझैपनि पत्रकारलाई मात्र दिने भन्ने धारणा भएकाहरु प्रति सुचना प्रत्येक नागरिकको अधिकार भएकोले त्यस्लाई ब्यवस्थित बनाउन हरेक क्षेत्रका मानिसको भुमिका र स्थानीय विकासमा पत्रकार तथा पत्रकारीता क्षेत्रले पुर्याउन सक्ने योगदानका बारेमा प्रशिक्षण दिइएको थियो । दुईदिनसम्म संचालित तालिममा २५ जनाको सहभागीता रहेको थियो । जसमा सुचनाको हक, प्रयोग, अधिकार ,ब्यवस्था र पारस्पारिक जवाफदेहिता परियोजना बारेमा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य मनमोहन स्वार र प्रेस युनियनका केन्द्रिय सदस्य जगत साउदले प्रशिक्षण दिएका थिए ।

तालीमको शुक्रबार एक कार्यक्रमका बीच समापन गरिएको छ । नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अथिती भजनी नगरपालिकाका मेयर शेर बहादुर चौधरी रहनु भएको थियो । तालिममा सहभागीलाई नगर प्रमुख चौधरीले प्रमाणपत्र समेत प्रदान गर्नुभयो ।

सम्बन्धित समाचार
ताजा अपडेट