बौनिया / समाज परिवर्तन र रुपान्तरणका निम्ति स्वर्गीय वडा सदस्य जमान सिह देउवाको सकारात्मक सोच रहेको लम्किचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाइले बताउनुभयो । साथै नगर प्रमुख बजगाइले बिमा रकमलाई सहि सदुपयोग गरि स्वर्गीय देउवा का समाज रुपान्तरण निम्ति सकारात्मक योजना केही अधुरा रहेकोले परिवार जनलाई सामाजिक क्षेत्र अग्रसर भइ पूरा गर्न आग्रह गर्नु भएको छ। नगरपालिका द्वारा नेकपा एमाले बाट निर्वाचित वडा सदस्य स्व, देउवाले सामाजिक क्षेत्र बाट समाजमा पुर्याउनु भएको योगदान उच्च मुल्यांकन गर्दै वडा नम्बर ६ बामनपुरमा प्रवेश द्वार निर्माण गर्ने समेत बताउनुभयो । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले कैलाली जिल्ला लम्कीचुहा नगरपालिका वडा नं. ६ मा बस्ने लक्ष्मी ठकुराठिलाई २० लाख २७ हजार ८६३ रुपैयाँको बीमालाभ सहितको दाबी रकम प्रदान गरेको हो । उक्त रकम नीजको श्रीमान स्व. जमान सिंह देउवाको मृत्यु भएपछि कम्पनीले बीमा राहत वापतको रकम हस्तान्तरण गरेको हो ।कार्यक्रम वडा अध्यक्ष नेत्र सुनाखरी मगरले वडा सदस्य देउवा निधनले समाज वडा नम्बर ६ मा अतुलनीय क्षेती भएको र उहाँको योगदान चर्चा गर्नु भएको छ।लम्की शाखाका प्रबन्धक नवराज खनालको सभापतितब भएको कार्यक्रमको संचालन समाजसेवी शेर बहादुर बिष्ट ले गर्नु भएको थियो।
स्व. जमान सिंह देउवाले २०७७ पुस २९ गते २० लाख रुपैयाँको बीमा गरेका थिए । उनले वार्षिक १ लाख ३४ हजार ८८९ रुपैयाँ किस्ता वापत १ किस्ता मात्र तिरेका थिए । उनको कोरोना संक्रमनका कारण २०७८/०१/२२ गते भएको हो ।मृत्यु भएपछि उक्त रकम वापतको बीमा दाबी कम्पनीले उनको श्रीमति लाई एक कार्यक्रमबिच चेक हस्तान्तरण गरेको छ।
मृत्यु दाबी रकम वापतको चेक लम्कीचुहा नगरपालिकाका नगरप्रमुख महादेव बजगाईले स्व. मृतक देउवाको श्रीमतिलाई चेक हस्तान्तरण गर्नु भएको हो।