निर्मला शाही बौनिया/ नेपाली काङ्ग्रेस बर्दगोरिया गाउँ कार्यसमिति संगठन बिस्तार र सुदृढीकरणमा जुटेको छ । स्थानीय निकायको निर्वाचन तोकिएसंगै काङ्ग्रेसले बर्दगोरिया गाउँपालिकामा आफ्नो संगठन बिस्तार र सुदृढीकरणको अभियानलाई तीब्र पारेको हो ।
यसैक्रममा बुधबार बर्दगोरिया ४, सुन्दरपुरमा टोल कार्यसमिति गठन गरिएको छ। सुन्दरपुरको सभापतीमा लाल ब. धामी ,उपसभापति धन्नु कठरिया ,सचिव सन्तोश विश्वकर्मा, कोषाअध्यक्ष चम्फा देवि कामी ,सह सचिव मनिराम चौधरी सहित १९ सदस्यीय रहेका छन्
वडा नं.४ का सभापति धिरेन्द्र बहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अथिती केन्द्रिय प्रतिनिधी बिरु डगौरा , विशिष्ट अथिति क्षेत्र नं. २ ख, प्रदेशका सभापति तेज प्रताप मल्ल ,अथिती कैलाली क्षेत्र नं. २ ख, प्रदेशकम उपसभापति देवानन्द जैसी, बर्दगोरीया गा.पा. सचिब जगत ब.शाही गोबिन्द वि.सी ,क्षेत्रिय प्रतिनिधी तथा जिल्ला सदस्यको उमेदवार शुसिला शाही ,महिला जिल्ला सदस्य उमेदवार उत्तरा देवि बम,क्षेत्रिय प्रतिनिधी मिन ब.बम, .क्षेत्रिय सदस्य दिल ब. साउँद ,गा.पा. सदस्य जंंग ब.बिक,महिला नेत्री पवित्रा शाही गा.पा. सभापति कृण्ण विष्टको उपस्थिति रहेको थियो भने वडाका उपसभापति देव ब. हमालले स्वागत मन्तव्य राख्नु भएको थियो ।
उक्त कार्यक्रममो संचालक वडा सचिव गोबिन्द्र ब.डांगीले गरेका थिए ।
यसैगरी बुधवार नै बर्दगोरिया ४,निमुवावोझी मा पनि टोल कार्यसमिति गठन सम्प्रन भएका् छ । सभापतिमा महादेव चौधरी ,उपसभापति,तारा बहादुर बि.क, सचिव भरत ब. चौधरी, सह सचिब रमेश चोधरी,कोषाध्यक्ष राजपति चौधरी सहित १७ सदस्यीय टोल कार्यसमिति गठन भएको छ ।
सम्पुूण कार्यक्रमको सम्बन्धि जानकारी गा.पा. सचिव जगत ब. शाहीले दिनुभएको छ ।
