बाैनियाँ/ कैलालीको गोदावरी नगरपालिका ईन्जिनियर पूर्ण कुंवर घाईते भएका छन् । आज धनगढी–अत्तरिया ६ लेन सडकमा दुर्घटनामा परी ईन्जिनियर कुंवर घाईते भएका हुन् ।
उनी सवार रहेका सु प प्र ०१ ००१ ब १५५० नम्बरको मोटरसाइकललाई अत्तरिया स्थित ६ लेन सडकमा सु.प.प्र ०१ ००३ ख २७४४ बसले ठक्कर दिएको थियो ।
बसको ठक्करवाट कुंबर घाईते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । उनको अबस्था सामान्य रहेको र अत्तरियाको पदमा अस्पतालमा उपचार भैरहेको छ ।