निर्मला शाही बौनिया/ नेकपा एमाले लम्किचुहा नगरपालिका टोल कमिटी संगठन बिस्तार र सुदृढीकरणमा जुटेको छ । स्थानीय निकायको निर्वाचन तोकिएसंगै एमाले लम्किचुहा नगरपालिका आफ्नो संगठन बिस्तार र सुदृढीकरणको अभियानलाई तीब्र पारेको हो ।
यसैक्रममा सोमवार नेकपा एमाले लम्किचुहा नगरपालिका वडा नम्बर ६ पिपरकोटी मालिका टोलमा टोल कमिटी गठन गरेको छ । जसको अध्यक्षमा बल बहादुर चौधरी, उपाध्यक्ष रामु चौधरी ,सचीव धुर्ब बहादुर ठकुल्ला,उप सचिव डम्मरा बोगटी शाही ,र नैन बहादुर पौडेल ,सदस्य बिन्दु शाही ,मिना भाट जैसी,श्री प्रशाद भन्डारी,सीता थारु गिता बिक , फुजुवा चौधरी ,भक्त राज भाट, बसन्ती बुढा ,मनिराम चपाइ , सीता थारु नैनमती थारु ,शिव कुमार चौधरी, जनक राम चौधरी सहित १९ सदस्यीय कमिटी सर्बसहमत गठन गरिएको छ।,
वडा कमिटी सदस्य तथा कमिटी का इन्चार्ज मिनराज जैसीको सभाध्यक्षता भएको कार्यक्रममा नेकपा (एमाले) कैलाली जिल्ला कमिटी सदस्य । दल बहादुर रावल ,पुर्व जिल्ला कमिटी सल्लाहकार संयोजक खन्टे खत्रीले शुभकामना मनतब्य राख्नु भएको थियो । कार्यक्रम पुर्ब जिल्ला कमिटी सदस्य केशर सिह बोहरा ,प्रबल रोकाय ,नगर कमिटी सदस्य तिलकबहादुर घिमिरे ,वडा कमिटी सचिवालय सदस्य लछी राम थापा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संचालन वडा कमिटी अध्यक्ष पदम खड्काले गर्नु भएको थियो।