Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

एमालेले बोलायो संसदीय दलको बैठक

  • कैलाली दर्पण
  • आइतवार, फाल्गुन १, २०७८
एमालेले बोलायो संसदीय दलको बैठक

प्रमुख विपक्षी दल नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएपछि एमालेले संसदीय दलको बैठक बोलाएको हो ।

प्रमुख सचेतक विशाल भट्टराईका अनुसार, भोलि (सोमबार) बिहान ११ बजे संसद् भवन बानेश्वरको ल्होत्से हलमा बैठक बस्नेछ । सत्तारुढ दलहरूले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गराएको बारे निर्णय लिन संसदीय दलको बैठक एमालेले बोलाएको हो ।

सम्बन्धित समाचार
ताजा अपडेट