Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

राष्ट्रिय वाणिज्य बैंकले लम्कीचुहाका कर्मचारीलाई बिना धितो ऋण दिने

  • कैलाली दर्पण
  • शुक्रबार, माघ २८, २०७८
राष्ट्रिय वाणिज्य बैंकले लम्कीचुहाका कर्मचारीलाई बिना धितो ऋण दिने

बौनियाँ/ राष्ट्रिय वाणिज्य बैंकले लम्कीचुहाका स्थायी कर्मचारीलाई बिना धितो ऋण उपलब्ध गराउने भएको छ । त्यसका लागि लम्कीचुहा नगर कार्यपालिकाको कार्यालय र राष्ट्रिय वाणिज्य बैंकको प्रादेशिक कार्यालयका बीच बिहिबार हस्ताक्ष भएको छ ।

लम्कीचुहा नगरापालिकाका तर्फबाट नगर प्रमुख महादेब बजगाईले र बैंकका तर्फबाट प्रादेशिक कार्यालय सुदूरपश्चिमका राजेश कुमार अग्रवालले हस्ताक्षर गरेका हुन् ।
बैंकले लम्कीचुहा नगरपालिकाका स्थायी कर्मचारीलाई ८।१४ प्रतिशतको ब्याज दरमा पाँच वर्षका लागि विना धितो १५ लाख रुपैयाँ सम्म ऋण प्रवाह गर्ने बैंकका प्रादेशिक कार्यालयका उप प्रबन्धक दीर्घ राज ओझाले जानकारी दिएका छन् ।
लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले कर्मचारीका आर्थिक आवश्यकता पूर्तिका गर्नका लागि बैंकको कदमले सहयोग गर्ने बताए । बैंकले कर्मचारीहरुलाई आर्थिक आवश्यकता देखि उहाँहरुका व्यक्तिगत चाहनाहरु पूर्तिमा योग्दान दिने बताए ।

त्यस्तै सम्मानपूर्वक जीवनयापन गर्नमा विशेष योगदान पुग्ने विश्वास बैंकको रहेको छ । ‘यो पेशाकर्मी सरल कर्जाले लम्कीचुहा नगरपालिकाका कर्मचारीहरुलाई आफ्ना आवश्यकताका परिपूर्तिका साथै सम्मानपूर्वक जीवनयापन गर्नमा विषेश योग्दान पुग्ने विश्वास हामीलाई छ ।’ उप प्रबन्धक ओझाले भने, आज हामी र नगरपालिकाबीच सम्झौता भएको छ । अब लटको आधारमा उहाँहरुलाई चाडै नै ऋण प्रवाह गरिने छ ।’

यसैगरि लम्कीचुहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विक्रम चौधरीले बैंकले न्युन ब्याजदरमा बिना धितोमा कर्जा दिने भएपछि कर्मचारी खुशी भएको प्रतिक्रिया दिएका छन् ‘कर्मचारीहरुलाई तलब भत्ताले मात्र आर्थिक आवश्यकता पूर्तिका लागि समस्या छ । बिना धितोमा र न्युन ब्याज दरमा बैंकले ऋण दिने भएपछि हामी कर्मचारीहरु हर्षित भएका छौं।’ उनले भने ।

सम्बन्धित समाचार
ताजा अपडेट