Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मोहन्याल गाउँपालिका र भूमिहीन समस्या सामाधान गर्ने आयोग बिच सम्झौता

  • कैलाली दर्पण
  • बिहिबार, माघ २७, २०७८
मोहन्याल गाउँपालिका र भूमिहीन समस्या सामाधान गर्ने आयोग बिच सम्झौता

निर्मला शाही बौनिया /  भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासको कारण उत्पन्न समस्या समाधानको लागि कैलालीको मोहन्याल गाउँपालिका र भूमि सम्वन्धी समस्या सामाधान आयोग बिच सम्झौता भएको छ ।

विहिबार आयोजित एक कार्यक्रमको विच स्थानीय तहको तर्फबाट गाउँपालिका .र्काय वाहक अध्यक्ष पुजा देवि बुडामगर र भूमि सम्वन्धी समस्या सामाधान आयोगको तर्फबाट बिज्ञ सदस्य टेकबहादुर शाहले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

भुमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश, २०७८ को दफा ६ को खण्ड ९गबमोजिम स्थानीय तहले भुमिहिन दलित ,भुमिहिन सुकुम्बासी र अव्यस्थित बसोवासीको पहिचान लगत संकलन र प्रमाणीकरणको काम गर्नुपर्नेछ ।

यस्तै भुमिहीन दलित, भुमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको पहिचान लगत संकलन र प्रमाणीकरण सम्बन्धी मापदण्ड र कार्यविधी भूमि सम्वन्धी समस्या सामाधान आयोगले स्थानीय तहलाई उपलव्ध गराउनेछ ।

भुमिहिन दलित, भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीको तथ्यांक प्रवृष्टि गर्नको लागि प्रणाली सिस्टम उपलब्ध गराउने र स्थानिय तहको भुमिहिन दलित, भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीको लगत संकलन इकाईमा हेरेर नापनक्सा सम्वन्धीको कार्य गर्न थप अमिन वा सर्भेक्षकको व्यवस्था भूमि सम्वन्धी समस्या सामाधान आयोगले गर्ने सम्झौता पत्रमा उल्लेख छ ।

सम्बन्धित समाचार
ताजा अपडेट