Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

फाल्गुन २८ मा हात्ती पाइलेको औषधि खुवाउने

  • कैलाली दर्पण
  • बुधबार, माघ २६, २०७८
फाल्गुन २८  मा हात्ती पाइलेको औषधि खुवाउने

बौनिया/ स्वास्थ तथा जनसंख्या मन्त्रालय को आयोजनामा रास्टिय हात्ती पाइले रोग निवारण कार्यक्रम अन्तरगत स्थानीय तह स्तरीय अभिमुखिकरण कार्यक्रम आज मगलबार लम्किचुहा नगरपालिकाको भल्कामा समपन्न भएको छ।                                                        नगर प्रमुख महादेव बजगाइको अध्यक्षता भएको कार्यक्रमको सहजीकरण भ्क्ट्ररल कन्ट्रोल कीट जन्री रोग माहाशाखाका अधिकृत कुमार पौडेलले गर्नु भएको थियो । कार्यक्रममा सम्बन्धि वडाका जनप्रतिनिधि ,नगरपालिकाका कर्मचारी ,प्रहरी ,स्वास्थकर्मी पत्रकार लगायतको सहभागी रहेको थियो ।  यहि फाल्गुन २८ गते कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर ६ बागमारा,चैनपुर ,गुलरेनी र घोडाघोडी नगरपालिका १० पहलमानपुर हात्ती पाइले रोग का बिरामी देखा परे कैलाली जिल्ला हात्ती पाइले रोग मुक्त जिल्ला घोषणा हुन असफल रहेको छ।                                                                  हात्ती पाइले रोग निवारणका लागि आम औसधि सेवन कार्यक्रम अभियान सिकिस्त बिरामी बाहेकलाई स्वास्थकर्मी मार्फत औषधी सेवन गराइने भएको छ। हात्ती पाइले रोग निवारण मुक्त जिल्ला घोषणाका लागि लक्षित गाउँ अथवा जिल्ला ५% भन्दा कम अन्क आउनुपर्ने मापदण्ड रहेको छ।हात्ती पाइले रोग culex पोथी लामखुट्टे बाट सर्ने सरुवा रोग हो ।यो रोग बाट ६४ जिल्ला का करिव डेड करोड मानिस जोखिममा रहेका छन ।

सम्बन्धित समाचार
ताजा अपडेट