बाजुरा – जिल्लामा बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा कञ्चनपुरका एक शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ झालारी घर भई बाजुराको सेती कर्णाली एकेडेमी बोडिङ स्कुलमा अध्यापन गराउँदै आएका शिक्षक भीम ठगुन्ना रहेका छन् ।
उनले राति होटलमा सुतिरहेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको भन्दै आफन्तले मुद्दा दिएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
आरोपित ठगुन्नालाई माघ २३ गते पक्राउ गरी जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।