Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

पुर्व सभापति शाही मन्त्रीमा नियुक्त

  • कैलाली दर्पण
  • आइतवार, माघ २३, २०७८
पुर्व सभापति शाही मन्त्रीमा नियुक्त

दैलेखको क्षेत्र नम्बर २ प्रदेश सभा क्षेत्र नं. ख बाट नेपाली काङ्ग्रेस को तर्फबाट समानुपातिक कर्णाली प्रदेश सभा सदस्य हिम बहादुर शाही आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भएका छन् । आइबार मुख्यमन्त्री जीवन बहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।

नवनियुक्त मन्त्री शाही नेपाली कांग्रेस कर्णाली प्रदेश सभा दल का प्रमुख सचेतक समेत हुन् ।

दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका ४ तिलुखानामा बुवा मानबहादुर शाही र आमा पान्सरा शाहीको कोखबाट वि.सं. २००४ भदौं २६ जन्म लिएका हुन् ।

नवनियुक्त मन्त्री शाहीले प्रमाण पत्र तहको शैक्षिक योग्यता हासिल गरेका छन् । उनले विद्यालयको प्रधानाध्यापकदेखि विभिन्न अवधिमा सार्वजनिक पद धारण गर्दै हाल मन्त्री नियुक्त भएका छन् ।

शाही प्रथमपटक २०२९ सालमा साबिक तोलीजैसी गाउँ पन्चायत को मालिका प्राथमिक बिध्यालयका प्राधानाध्याक हुनु भएको थियो ।

मन्त्री शाहीले २०२७ सालमा कम्युनिष्ट विचारधारबाट राजनीतिक प्रवेश गरेपनि २०३२ सालमा नेपाली काँग्रेसको सदस्यता प्राप्त गरेका हुन् । शाहीले २०३२ साल माघ ७ र ८ गते भारतको बनारसमा जननायक विश्वेश्वर प्रसाद कोइरालाासँग भेटवार्ता गरी नेपाली कांग्रेसको सदस्यता प्राप्त गरेका हुन् ।

उनले पार्टीको सदस्यता प्राप्त गरेपश्चात २०३२ सालमै प्रतिबन्धीत नेपाली कांग्रेसको दैलेखमा जिल्ला कार्य समिति गठन गरेका थिए । त्यसबखत शाहीसहित गणेश बहादुर खड्का, रविन्द्रराज श्रेष्ठ, डिल्लीनाथ योगीले सक्रिय भूमिका निर्वाह गरेका थिए ।

२०३३ साल बैशाखमा गाउँफर्क अभियान अन्तरगत शाही जम्फुकाध गाउँ पन्चायत को उपप्रधान पञ्च मनोनीत भै २०३५ सालमा राजीनामा दिनु भएको थियो ।।

शाहीसँग २०३४ सालबाट पटक पटक विभिन्न पक्षबाट गिरफतार भै जेल जीवन बिताएको अनुभव छ ।

२०३८ सालमा पार्टीको जिल्ला कार्यसमिति पुर्नगठन भै सभापति गणेश खड्का नेतृत्वको समितिमा सह सचिवको शाही थिए भने २०४० सालमा पार्टीको जिल्ला कोषाध्यक्ष भै कामकाज गर्न भएको हो ।पछि पार्टी सभापतिको जिम्मेवारी रहि काम गरेको अनुभव पनि उहाँ सङ्ग छ।

२०४९ बैशाखमा भएको स्थानीय निर्वाचनमा चामुण्डा गाविस वडा नं. ५ बाट वडा अध्यक्ष पदमा अत्यधिक बहुमतले विजयी हुनु भएको थियो ।

जनप्रतिनिधीको भूमिकामा रहेका शाही २०४९ देखि २०५३ सम्म दैलेख जिल्ला विकास समितिको सभापति पदमा रही नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको हो । जिविस सभापति हुँदा शाहीले तत्कालीन विजया माध्यामिक विद्यालय र तत्कालीन त्रिभुवन माध्यामिक विद्यालय दैलेख लाई उच्च माध्यामिक तहका लागि शिक्षा बाट स्वीकृती प्राप्त गरे भने सुर्खेत दैलेख सडक, डुंगेश्वर दुल्लू डाडीमाडि हुँदै पिपलकोट सडक शिलान्यास गरेका गर्नु भएको हो ।

शाही २०४९ देखि २०५३ सम्म पार्टीको जिल्ला सचिव को जिम्मेवारी रहनु भएको थियोे । शाही २०६४ र २०७० सालमा नेपाली काङ्ग्रेस बाट दैलेख क्षेत्र नम्बर २ बाट संविधान सभा सदस्यको उम्मेदवार समेत बन्नु भएको थियो ।पार्टी भित्रको आन्तरिक विवाद ,अन्तरघात का कारण २ पटक पराजय भोग्नु परेको थियो ।

शाही दैलेख जिल्लाबाट तत्कालीन विद्रोही पक्ष माओवादीलाई शान्तिपूर्ण वार्तामा आउन आउन आह्वान गर्दै २०५६ फागुन ७ माओवादीलाई बन्दुकको परेट होइन ब्रेनको परेट खेलौं भन्दै अपिलकर्ताको रुपमा देखिए ।

नेपाली कांग्रेसको सातौं महाधिवेशनबाट शाही केन्द्रीय राजनीतिमा प्रस्तुत हुँदैं दैलेखबाट पटक पटक महाधिवेशन र महासमिति प्रतिनिधी समेत चुनिदै आउनु भएको हो ।

आफ्नो क्षेत्रको विकास निर्माणमा पहल गर्दै आएका शाहीले अब समग्र प्रदेशको कानुनलाई मजबुद् बनाउन अग्रही भूमिका निर्वाह गर्ने उहाँको योजना रहेको छ।

सम्बन्धित समाचार
ताजा अपडेट