कैलालीको बर्दगोरिया गाउँपालिकामा चट्याङ लागेर एक जना घाईते भएका छन । घाईते हुनेमा गाउँपालिका वडा नम्बर ४ का स्थानीय २१ वर्षिय भुमिनन्द सन्ज्याल रहेको बताइएको छ ।
बिहिवार साँझ करिब ६ बजेतिर चट्याङको झट्का लागेकाले उनी बेहोस भएको र मुडा स्थित एक मेडिकलमा उपचाररत रहेको स्थानीयले जानकारी दिएका हुन ।
घाइते सन्ज्याललाई थप उपचारका लागि घोडाघोडी अस्पताल लैजाने तयारी छ ।