धनगढीः कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सोमबार थप सय जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २४३ नमुना परीक्षण गर्दा १ सय जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।
यस्तै २४ घण्टामा ९ जना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन्। भने, ३ जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन्। हाल अस्पतालमा २४ जना संक्रमित विरामीको उपचार भइरहेको छ। तीमध्ये ८ जनाको आइसियूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ