Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

भारतीय,३७ जना अपराधी कैलालीको जेलमा सक्रिय

  • कैलाली दर्पण
  • आइतवार, माघ १६, २०७८
भारतीय,३७ जना अपराधी  कैलालीको जेलमा सक्रिय

धनगढीः जिल्ला कारागार कैलालीमा ५ सय २० जना कैदीले सजाय भोगिरहेका छन्। उनीहरुमध्ये ३७ जना भारतीय नागरिक हुन्। भारतीयहरु सीमा क्षेत्र तथा नेपाल प्रवेश गर्दै विभिन्न अपराधिक क्रियाकलापमा सक्रिय रहेको देखिएको छ। जिल्ला कारागारमा रहेका भारतीय नागरिकहरुमा अधिकांश लागूऔषध प्रयोगकर्ता तथा कारोबारी रहेको जिल्ला कारागार कैलालीका सहायक जेलर टेकबहादुर किमाडीले बताए।

उनका अनुसार सबैभन्दा बढी लागूऔषधका ७ जना थुनुवा र ७ जना कैदी छन्। यस्तै कर्तव्य ज्यानका ३ जना कैदी र १ थुनुवा, जबरजस्ती करणीका ४ कैदी र १ थुनुवा, चोरीका १ कैदी १ थुनुवा, ठगीका १ थु्नुवा, वन सम्बन्धीका १ कैदी, मानव अपहरण तथा शरीर बन्धकका ३ कैदी तथा विविध अपराधका १ कैदी र ४ थुनुवा गरी २२ कैदी १५ जना थुनुवा रहेका छन्। जिल्ला कारागार कैलालीमा कैदी जीवन बिताउनेहरुमा अन्य ठाउँबाट सरुवा भएका अपराधी पनि छन्। तर अधिकांशलाई नेपाल प्रहरीले सीमा क्षेत्र तथा कैलालीबाट पक्राउ गरेको हो।

नेपाल–भारत खुल्ला सीमानाका कारण सीमा क्षेत्रमा भारतीय अपराधी तथा लागूऔषध प्रयोगकर्ता र कारोबारीको बिगबिगी छ। उनीहरु सबै भारतीय मुलका रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीले बताए।

नेपालमा पक्राउ परेका भारतीय नागरिकहरु लागूऔषधसहित कर्तव्य ज्यान, जबरजस्ती करणी, मानव बेचबिखन, चोरी–डकैती, ठगी तथा अन्य अपराधामा पनि संलग्न हुने गरेका छन्। नेपालको कानून अनुसार विदेशी नागरिकविरुद्ध मुद्दा दर्ता तथा कारबाही हुँदै आएको छ। प्रहरी नायब उपरीक्षक जोशी भन्छन्, ‘पक्राउ पर्ने सबै भारतीय नागरिक नै छन्। भारतबाट विभिन्न कामका लागि नेपाल आएर उनीहरु विभिन्न अपराधकमा संलग्न रहेको देखिन्छ। सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरेर मुद्दा चलाइन्छ।’

जिल्ला कारागारको तथ्यांक अनुसार ५ सय २० जनामध्ये ८ महिलासहित ९६ जना लागूऔषधको मुद्दा खेपिरहेका छन्।

सम्बन्धित समाचार
ताजा अपडेट