Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

शाही स्मृति फाउण्डेशनको दोस्रो साधारण सभा सम्पन्न

  • कैलाली दर्पण
  • शनिबार, पुस १७, २०७८
शाही स्मृति फाउण्डेशनको दोस्रो साधारण सभा सम्पन्न

शाही स्मृति फाउण्डेशनको दोस्रो साधारण सभा सम्पन्न भएको छ । कर्मठ ,त्यागी कम्युनिष्ट नेता हर्क बहादुर शाहीको सम्झनामा स्थापित फाउण्डेशनले बिहबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी साधारण सभा सम्पन्न गरेको छ।।

पूर्वमन्त्री एवम् दिंवंगत नेता शाहीका समकक्षी प्रेमबहादुर सिहंंको प्रमुख अतिथ्यतामा सम्पन्न साधारण सभाको अध्यक्षता फाउण्डेशनका अध्यक्ष दिपक बहादुर शाहीले गरेका थिए ।

साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी सिंहले हर्कबहादुर शाही त्यागी, इमान्दार निश्ठावान , संघर्षशिल र पश्चिम नेपालको संस्थापक कम्युनिष्ट नेता भएको बताए । कुनै पनि ब्यक्तिगत लाभको पदमा नबसेर सारा जिवन राजनीतिमै समर्पित गर्नुभएका नेता शाहीको सपना सार्थक बनाउने ढंगले काम गर्न फाउण्डेशनलाई सिंहले सुझाव दिनु भएको छ।

उक्त कार्यक्रममा प्रगतिशिल लेखक÷साहित्यकार नरेन्द्रजंग पिटर, वौद्धिक नेकपा एमाले युवा नेता योगेन्द्र शाही, शिक्षाविद मीनबहादुर शाही र दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाहीलगायतका व्यक्तित्वको उपस्थिति थियो ।नेकपा माओवादी क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य शाहिको २०७५ साल चैत्र २६ गते काठमाडौ ७३ बर्षको उमेर निधन भएको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट