कैलाली दर्पण
४ बैशाख सुखड
कैलालीको घोडाघोडी नगरपालिका वडा न १ मा रहेको त्रिवेणी सामुदायिक बन उपभोक्ता समितिको अध्यक्षमा पुन भिममाया तामाङ चयन भएकी छन । अध्यक्ष सहित समितिका सम्पुर्ण पदाधिकारी पुन चयन भएका हुन । यसैगरि उपाध्यक्षमा उमा साउद,कोषाध्यक्षमा सितापति कुमारी चौधरी,सचिबमा रमा पौडेल,सहसचिबमा चन्द्रा बन्तोला,सदस्यहरुमा राधिका नेगि,डिला बिक,इश्वरी बोहोरा,निशा बोहोरा,झुपा नेपाली,मिनम भट्ट चयन भएका छन । यस अघि चैत्र २४ गते सामुदायिक बनको आठौ साधारण सभा नया समिति चयन नगरी सम्पन्न भएको थियो । बिबादका कारण समिति चयन हुन सकेको थिएन । अहिले पुन भिममायाको अध्यक्षतामा नया समिति चयन भएको हो ।